काठमाडौं । गृहमन्त्रालयले देशका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)काे सरुवा गरेको छ। बुधबार बसेको बैठकले उपसचिवस्तरका कर्मचारीलाई विभिन्न जिल्लामा पठाउने निर्णय गरेको हो।
बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रुकुमपूर्व, म्याग्दी, कालीकोट, रुकुमपश्चिम, डोल्पा र हुम्लाका सीडीओहरु हेरफेरि गरिएको हो ।
कारागार व्यवस्थापन विभागका निर्देशक टेककुमार रेग्मीलाई हुम्लाको प्रमुख जिल्ला अधिकारी नियुक्त गरिएको छ। यता पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई बाजुरा पठाइएको छ भने बाँकेका खडानन्द खत्रीलाई मुगुमा जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ भदौ २०८२, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन पदमपुर सट्टाभर्ना प्रकरणमा प्रधानमन्त्री कार्यालयद्वारा सीडीओलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
अछामका सीडीओ सहित दुई सहायक सीडीओको सरुवा
निर्वाचन सुरक्षामा ध्यान दिन मनाङ सीडीओ पौडेलको निर्देशन