काठमाडौँ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप दुईवटा हत्याको मुद्दा दर्ता भएको छ । योसँगै उनीविरुद्ध दर्ता हुने मुद्दाको संख्या ९४ पुगेको छ । तीमध्ये अधिकांश विद्यार्थी आन्दोलनका क्रममा मृत्यु भएकाहुर्का परिवारले दर्ता गरेका मुद्धा रहेको बंगलादेशका मिडियाहरुले उल्लेख गरेका छन् ।
जुलाई १९ मा ढाकाका एक व्यक्तिको हत्या गरेको आरोपमा हसिना र अन्य २६ विरुद्ध बुधबार मुद्दा दर्ता गरिएको थियो । यस मामिलामा पूर्व गृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादिरलगायत पार्टीका धेरै नेता तथा कार्यकर्ता आरोपी छन् ।
देशमा आन्दोलन चर्किएर आफै असुरक्षित बनेपछि हसिनाले राजीनामा दिएर अगस्त ५ मा बंगलादेश छोडेकी थिइन् । उनी हाल भारतमा रहेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला