काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औं दिक्षान्त समारोहमा भाग लिनका लागि आवेदन आह्वानन गरेको छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न आह्वान गरिएको हो ।
२०५० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरुलाई फाराम भर्न भनेको हो । भाद्र २० गतेदेखि असोज २३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन भनेको हो । असोज २४ गतेदेखि अनलाइन आवेदन फाराम बन्द हुनेछ ।
आवेदन फारम भर्दा पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाणपत्र र आफूले तह पार गरेको ट्रान्स्कृप्टको स्क्यान कपी अपलोड गर्नुपर्ने छ ।
अनलाइनबाट आवेदन सबमिट गर्दा प्राप्त सम्पूर्ण पीडीएफहरु डाउनलोड गरेर सुरक्षित राख्नुपर्ने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी
सर्वोच्चको आदेशपछि आंशिक प्राध्यापकले खोले त्रिभुवन विश्वविद्यालयको ताला