काठमाडौँ । बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ ।
सिरिजको दोस्रो टेस्टको पाँचौं दिन मंगलबार बंगलादेशले ६ विकेटले जित हासिल गर्दै सिरिज २-० ले क्लीन स्वीप गरेको हो । पाकिस्तानले दिएको १८५ रनको लक्ष्य पछाएको बंगलादेशले ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस टेस्टको पहिलो इनिंगमा पाकिस्तानले २७४ रन बनाएको थियो भने बंगलादेशले आफ्नो पहिलो इनिंगमा २६२ रन बनाएको थियो । त्यसपछि पाकिस्तानले दोस्रो इनिंगमा १७२ रन बनाएर अल आउट भएपछि बंगलादेशले १८५ रनको लक्ष्य पाएको थियो ।
यस अघि बंगलादेशले पाकिस्तानविरुद्ध पहिलो पटक टेस्ट खेल जितेको थियो । बंगलादेशले सिरिजको पहिलो टेस्ट १० विकेटले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला