काठमाडौँ। रुपन्देहीको कोटहीमाई गाउँपालिकाकी एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक कर्मचारी सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी, मुकेश चौधरी र वडा नम्बर ३ का शैलेश पाण्डे रहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठोरले जानकारी दिए ।
एसपी) राठोरका अनुसार घटना गत भदौ ५ गतेकै भए पनि शनिवार मात्रै प्रहरीमा उजुरी आएसँगै पक्राउ गरिएको छ । उनले पक्राउ परेका तीनै जनालाई म्याद थप गर्न अदालत पेस गरिएको छ ।
पीडितलाई रोजगारीको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ