अमेरिका । २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमबार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छन् ।
ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेका हुन् ।
घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।
हालसम्म कुनै संदिग्धको पहिचान हुन सकेको छैन र अनुसन्धान जारी रहेको प्रहरीको भनाई । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।
नेपालको भोजपुर निवासी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीलाई घरमा अर्कै पुरुषसँग भेटेपछि हत्या
स्याङ्जामा युवकको हत्या
ललितपुरमा एक महिलाको हत्या, श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
जनकपुरमा एक युवतीको हत्या, २ जना घाइते
दाजुको हत्या गरी फरार युवक पक्राउ