अमेरिका । २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमबार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छन् ।
ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेका हुन् ।
घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।
हालसम्म कुनै संदिग्धको पहिचान हुन सकेको छैन र अनुसन्धान जारी रहेको प्रहरीको भनाई । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।
नेपालको भोजपुर निवासी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु