काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।
बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ ।तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । उनका अनुसार बसमा चालक, सहचालकसहित ४३ जना थिए ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।
घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ भदौ २०८१, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
मेलम्चीमा बस दुर्घटना, ८ जना घाइते