एजेन्सी । पोल्यान्ड भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज अर्थात् शुक्रबार युक्रेन पुग्दै छन्।
रुस र युक्रेनबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री मोदीले पहिलोपटक युक्रेन भ्रमण गर्न लागेका हुन्। यो भ्रमणको करिब डेढ महिनाअघि मोदीले रुसको भ्रमण गरेका थिए।
युक्रेन भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री मोदी पोल्यान्ड पुगेका थिए। पोल्यान्डको राजधानी वार्सामा भारतीयहरूलाई सम्बोधन गर्दै उनले भने- हामी बुद्धमा विश्वास गर्ने र युद्धमा विश्वास नगर्ने जनता हौँ।
उनले भारत यस क्षेत्रमा शान्तिको ठूलो वकालत गर्ने पनि बताए। उनले भने- यो युद्धको युग होइन भन्ने हाम्रो धारणा स्पष्ट छ।
रुस भ्रमणका क्रममा उनले भारत युद्धको शान्तिपूर्ण समाधानको पक्षमा रहेको र रहिरहने बताएका थिए।
साथै उनले यो प्रयासमा सहयोग गर्न भारत तयार रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०७ भदौ २०८१, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय प्रधानमन्त्री मोदी-रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, द्विपक्षीय विषयमा छलफल
मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ : नरेन्द्र मोदी
मोदी बने इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता
पुटिनलाई मोदीले दिए ‘गीता’ उपहार
मोदीले पुटिनलाई दिए जन्मदिनको शुभकामना