एजेन्सी । पोल्यान्ड भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज अर्थात् शुक्रबार युक्रेन पुग्दै छन्।
रुस र युक्रेनबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री मोदीले पहिलोपटक युक्रेन भ्रमण गर्न लागेका हुन्। यो भ्रमणको करिब डेढ महिनाअघि मोदीले रुसको भ्रमण गरेका थिए।
युक्रेन भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री मोदी पोल्यान्ड पुगेका थिए। पोल्यान्डको राजधानी वार्सामा भारतीयहरूलाई सम्बोधन गर्दै उनले भने- हामी बुद्धमा विश्वास गर्ने र युद्धमा विश्वास नगर्ने जनता हौँ।
उनले भारत यस क्षेत्रमा शान्तिको ठूलो वकालत गर्ने पनि बताए। उनले भने- यो युद्धको युग होइन भन्ने हाम्रो धारणा स्पष्ट छ।
रुस भ्रमणका क्रममा उनले भारत युद्धको शान्तिपूर्ण समाधानको पक्षमा रहेको र रहिरहने बताएका थिए।
साथै उनले यो प्रयासमा सहयोग गर्न भारत तयार रहेको पनि बताए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०७ भदौ २०८१, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमान खसेको स्थान अहमदाबाद पुगे मोदी, अस्पतालमा घाइतेहरूलाई भेट्दै
मोदीको युरोप भ्रमण रद्द
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किए मोदी
मोदीले मधुवनीको भ्रमण गर्ने भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ
थाइल्याण्डमा मोदीसँग होला त ओलीको भेट ?