काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो ।
यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी शुरु भएको सञ्चार मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दिएको छ ।
चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिदै आएको छ । सञ्चार मन्त्रालय स्रोतले टिकटकले लिखित प्रतिबद्धता जनाएपनि यसको नियमन कसरी गर्ने भन्ने विषय छलफलमा रहेको बताएको छ ।
टिकटकमा प्रतिबन्ध लगाउदा तत्कालिन प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमालेलाई विश्वासमा लिएर गरेका कारण अहिले फुकुवा गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र माओवादी केन्द्रलाई समेत विश्वासमा लिनुपर्ने समेत बताइएको छ ।
टिकटक प्रतिबन्धपछि सर्वोच्च अदालतमा मुद्धाहरु समेत दायर भएका छन् र सुनुवाइको क्रममा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध