म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ।
डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।
घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेलापरेको छ। मृतकको टाउकोमा चोट लागेको छ।
वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार नाताले दिदीभाइ पर्ने उनीहरूबीच केही समयअघि जग्गा किनबेचको विवाद थियो। थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ भदौ २०८१, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रयोग गरी छोराले गरे आमाको हत्या
तनहुँमा तीन जनाको बीभत्स हत्या, घटना रहस्यमय
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या