दाङ । दाङको दंगीशरण गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। स्थानीय २५ वर्षीय सम्राट गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति करिब १० बजेतिर तुलसीपुरबाट पश्चिम जाँदै गरेको लु प्र ०२-००१ प ०९४६ नम्बरको मोटरसाइकल रोकिराखेको रा १ त १४२२ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा चालक गिरी घाइते भएका थिए ।
उनलाई उपचारका लागि तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो । उपचारका क्रममा करिब राति ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले ट्याक्टर चालक बबई गाउँपालिका ७ बस्ने २९ वर्षीय इन्द्रबहादुर डाँगीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ भदौ २०८१, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु