काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको प्रदेशस्तरीय संयन्त्रको गठन तथा यसको पहिलो बैठक सम्पन्न भएको छ । एमाले बाग्मती प्रदेश कमिटीको कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकमा महासचिव शंकर पोखरेलले संयन्त्रको आवश्यकता, औचित्य र भूमिकाका बारेमा निर्देशनात्मक मन्तव्य राखेका थिए । महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता मच्चाएर लाभ लिन चाहने शक्तिहरूले टाउको उठाउन खोजेका कारण दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् ।
उनले राजनीतिक स्थिरता बिना देशमा विकास र समृद्धि सम्भव नभएको बताए । महासचिव पोखरेलले अहिलेको सत्ता समीकरण स्थायित्व, स्थिरता र विकासको लागि भएको र पार्टीको अबको ध्यान बलियो राजनीतिक शक्ति निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । यसको लागि पार्टीको वैचारिक र सांगठानिक कामलाई अघि बढाउनुपर्ने उनले बताएका थिए ।
एमाले स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज डा। राजन भट्टराईको अध्यक्षतामा भएको बैठकमा पार्टीको बाग्मती प्रदेश अन्तर्गतका १३ जिल्ला कमिटी इञ्चार्ज र प्रदेश कमिटीका पदाधिकारीको उपस्थिति रहेको थियो । सो बैठकमा जिल्ला ईन्चार्जहरूले संयन्त्रका बिषयमा र सङ्गठन लगायत अन्य बिषयमाथि आ–आफ्नो जिज्ञासा र सुझावहरू राखेको एमालेले जनाएको छ । बैठकको सञ्चालन प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले गरेका थिए । बैठकले १९ सदस्यीय संयन्त्रलाई औपचारिकता दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ साउन २०८१, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता
प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूमा विभेद गरिएको भन्दै एमालेको आपत्ति
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं: एमाले
एमाले सचिवालय बैठकले गर्यो ६ निर्णय
विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको आग्रह