काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश स्तरमा केन्द्रीय परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले प्रदेश स्तरमा संयुक्त केन्द्रीय परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
शर्माका अनुसार प्रत्येक प्रदेश स्तरमा अध्यक्ष, उपाध्यक्ष लगात पदाधिकारी जानेछन् । उनीहरूको सल्लाह र सुझाव अनुसार केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको शर्माले बताए ।
‘प्रदेश स्तरमा केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको छ । कुन प्रदेशमा कहिले बैठक राख्ने भनेर कार्यतालिका बन्दैछ । प्रदेश बैठकमा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत नेताहरू सहभागी हुनेछन् । प्रदेश स्तरमा भएको छलफल, सुझावका आधारमा पूर्ण केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको छ’, उनले भने ।
आजको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको वैचारिक र राजनीतिक मतभेदलाई अन्त्य गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाएको शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै, एकताको सहमति अनुमोदन गर्ने
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”