काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक कानूनमा परिणत भएपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गरेका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने बिन्दुमा अन्तर्राष्ट्रिय जगतले समेत नियालिरहेको बताए ।
उनले विभिन्न अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढाइएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न लागि परेको बताए । त्यसक्रममा उनले यसअघि सबै दलहरू एक ठाउँमा उभिएर राम्रो संविधान बनाएको भन्दै अब उक्त संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !