वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको १२ लाखभन्दा बढी रुपैयाँसहित दुई जनलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा सशस्त्र प्रहरी बलले नेपाल–भारतको नाकाबाट स्रोत नखुलेको १२ लाख ५० हजार नगदसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो ।
पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका ५ घर भएका विकास कुमार र भारतको रक्सौल बस्ने श्यामकुमार महतो रहेका छन् । महानगरपालिका वडा नं. २५ सिर्सिया स्थित नेपाल–भारत नाकाबाट जाँचका क्रममा दुबै जनालाई पक्राउ गरिएको ड्राइपोर्ट सशस्त्र प्रहरीको बेस क्याम्पका प्रहरी निरीक्षक विपिन खनालले बताए ।
सशस्त्र प्रहरीले उनीहरूको साथबाट ना ३५ प ६७१६ र भारतीय बीआर ०५ एए ०९०६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ ।
बरामद मोटरसाइकल र पैसासहित निजलाई थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०८१, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ