काठमाडौँ । सुनसरी, झापा र मोरङ जिल्लाबाट लागु औषधसहित पाँच जना पक्राउ परेका छन् ।सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ प्रभुदेवा चोकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-३ झुम्का बस्ने १९ वर्षीय रुपेश चौधरी र १९ वर्षीय उत्सव चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प १३१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापाको भद्रपुर नगरपालिका-९ निन्दा खोलाको पुलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अरेन्जय राजवंशी र २५ वर्षीय कृष्ण राई रहेका छन् ।
प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले भारतबाट घोडामारातर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
उता मोरङको पथरी शनिश्चरे नगरपालिका-८ दोलु शुक्रबारे बस्ने २५ वर्षीय दीपेश माझीलाई अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ
दुर्गा प्रसाईँ पक्राउबारे आम जनता पार्टीको आपत्ति