काठमाडौं। जनविद्रोहका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेपछि छिमेकी राष्ट्रमा भएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न भारतमा सर्वदलीय बैठक बसेको छ ।
विदेशमन्त्री डा. एस जयशंकरले बोलाएको बैठकमा विपक्षी दल कांग्रेस आईका नेता राहुल गान्धी पनि सहभागी छन् । भाजपा अध्यक्ष जेपी नाड्डालगायत सत्तारूढ दलका नेता बैठकमा सहभागी छन् ।
छिमेकी देशमा भएको सत्तापलटबारे छलफल गर्न विदेशमन्त्रीले सर्वदलीय बैठक बोलाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।बंगलादेशमा राजनीतिक अस्थिरताका बीच अन्य देशले प्रभाव बढाउने चिन्ता भारतीय नेताहरूले व्यक्त गरेका छन् ।
आरक्षण कोटाविरोधी विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख सोमबार भारत पुगेकी थिइन् ।बंगलादेशमा सेना समर्थित अन्तरिम सरकार बनाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु