काठमाडौं। जनविद्रोहका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेपछि छिमेकी राष्ट्रमा भएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न भारतमा सर्वदलीय बैठक बसेको छ ।
विदेशमन्त्री डा. एस जयशंकरले बोलाएको बैठकमा विपक्षी दल कांग्रेस आईका नेता राहुल गान्धी पनि सहभागी छन् । भाजपा अध्यक्ष जेपी नाड्डालगायत सत्तारूढ दलका नेता बैठकमा सहभागी छन् ।
छिमेकी देशमा भएको सत्तापलटबारे छलफल गर्न विदेशमन्त्रीले सर्वदलीय बैठक बोलाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।बंगलादेशमा राजनीतिक अस्थिरताका बीच अन्य देशले प्रभाव बढाउने चिन्ता भारतीय नेताहरूले व्यक्त गरेका छन् ।
आरक्षण कोटाविरोधी विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख सोमबार भारत पुगेकी थिइन् ।बंगलादेशमा सेना समर्थित अन्तरिम सरकार बनाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?