बारा । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठ रहेकी छन् ।
आइतबार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका-१ आधाभार जङ्गलमा पिठ्यूँमा कालो झोला बोकी सडक छेउमा श्रेष्ठलाई उभिरहेको अवस्थामा फेला पारेको थियो ।
शङ्कास्पद लागी उनले बोकेको झोला चेक जाँच गर्दा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीको भनाई छ ।श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० साउन २०८१, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ