काठमाडौँ । बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुईजनालाई प्रहरीलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरू रौतहट माधवनारायण नगरपालिका-२ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने वर्ष २१ का शुभम साह र रौतहटको गौर नगरपालिका-३ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने वर्ष २३ को सत्यमकुमार सहनीलाई सार्वजनिक गरिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले फेसबुक, ह्वाट्सएप, इमो, भाइबरजस्ता एपहरूबाट ई-सेवा वालेट लगायत विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खातामा समेत रकम ट्रान्सफर गरी ठगी गरेको पाइएको छ ।
ठगीमा परेका २२ जनाले कार्यालयमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ