काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेका छन् । जसपाका दुई मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपतिले सोमबार प्रधानमन्त्रीलाई नै रिक्त मन्त्रालयको कार्यभार तोकेका हुन् ।
मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्यमन्त्री प्रदीप यादव र वनमन्त्री नवलकिशोर साहले पदबाट राजीनामा दिएका थिए । यस्तै स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि राजीनामा बुझाएकी थिइन् । उनीहरुको राजीनामासँगै प्रधानमन्त्रीकै सिफारिसमा उनीहरूले सम्हाल्दै आएको उक्त मन्त्रालयको कार्यभार स्वयम् प्रधानमन्त्रीले सम्हाल्ने गरी कार्यभार तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
यसअघि राजीनामा दिएका एमालेका ८ मन्त्रीले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीले सम्हाल्दै आएका छन् । नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा रहेका छन् भने उनले असार २८ मा विश्वासको मत लिन लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असार २०८१, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग