काठमाडौं । अनलाइन क्यासिनो खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीका २४ वर्षीष नितेश हरिजन, २५ वर्षीय आकाश मिश्र, २७ वर्षीय प्रतीक बस्याल, २९ वर्षीय रामु गिरी, २२ वर्षीय अभिषेक जैसवाल र झापाका २९ वर्षीय सजल श्रेष्ठ छन् ।
उनीहरुले उल्फ ७७७ नामक क्यासिनो एपमार्फत बेटिङ गराएको प्रहरीको दाबी छ । पक्राउ परेका हरिजनले आफूले बेटिङमा पैसा हार्दै गएपछि एजेन्ट मोहितसेन ठकुरीले बैंक खाताहरु उपलब्ध गराए त्यसमा जम्मा हुने रकमको ०.७५ प्रतिशत कमिसन दिने र अन्य व्यक्तिको बैंक खाता दिए त्यसमा जम्मा हुने रकमको ०.५ प्रतिशत रकम कमिसन दिने बताएको बयान दिएका छन् ।
त्यसपछि विजय जैसवालमार्फत प्रतीक बस्याल, रामु गिरी र आकाश मिश्रसँग कुराकानी गरी उनीहरुको खाता बेटिङको रकम जम्मा गर्न प्रयोग गरेको बयान दिएका छन् । हरिजन रुपन्देहीस्थित महादेव इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असार २०८१, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ