काठमाडौँ । मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।
ललितपुर महानगरपालिका-१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको महानगरका प्रवक्ता राजु महर्जन बताए । घर रहेको जग्गा १५ आना ३ पैसा रहेको र यो अमात्य दम्पतीले २०७८ असोज १ गते किनेको अभिलेखबाट देखिएको छ ।
तर स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए । स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको तर नमानेपछि डोजर लगाएको प्रवक्ता महर्जनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ असार २०८१, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतद्वारा अख्तियारसँग मिसिल झिकाउने आदेश
नागार्जुन नगरपालिकामा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात बरामद
जेनजीको अख्तियार प्रमुखलाई मेल, राजिनामा नदिए अख्तियार घेर्ने चेतावनी।
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्यो ३५औं वार्षिक प्रतिवेदन
अख्तियारले भन्यो- चोरी भएका सामान फिर्ता नभए सीसीटीभी फुटेजका आधारमा कारबाही