काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सोमबार बस्दैछ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले सोमबार अपराह्न ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएकोलगायत विषयमा छलफल हुनेछ।
कांग्रेसले गत पुसमा ६ महिना भित्र महाधिवेशन गर्ने गरी भ्रातृ संस्थाको म्याद थप गरेको थियो। तर तोकिएको समयमा भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न सकेनन्।
भ्रातृ संस्थाको म्याद के गर्ने भन्नेबारे छलफल केन्द्रित हुने मुख्यसचिव पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ असार २०८१, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति