काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि अर्थात पूरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ।
आइतबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेदेखि ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।
यसअघि परीक्षाफल सार्वजनिक गरिएको दिन बोर्डका अध्यक्ष प्रा. डा. महाश्रम शर्माले दुई विषयमा नन ग्रेडेड अर्थात् अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने बताएका थिए।
तर शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई पनि परीक्षामा सहभागी गराउने निर्णय गर्दै बोर्डलाई निर्देशन दिएपछि आइतबार बसेको बार्ड बैठकले परीक्षा मिति सारेर सबै विषयको परीक्षा दिने निर्णय गरेको उनले जानकारी दिए।
साउन २३ गते सुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पूरक परीक्षाको नतिजा भने असोजको पहिलो साताभित्र सार्वजनिक गर्ने जनाइएको छ।
पूरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ।
गत बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार नन ग्रेडेड अर्थात् अनुत्तीर्ण दुई लाख ४२ हजार ३ सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने भएका छन्।
बोर्डले परीक्षा तालिका नै परिवर्तन गरेर साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ असार २०८१, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
एसईईको नतिजा कसरी हेर्ने ?
एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
चैत १९ देखि सुरु हुँदै एसईई
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद