काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १४.८३ अंकले घट्दै २ हजार ३७.०९ विन्दुमा झरेको छ । अघिल्लो साता सूचक ८ अंकमाथिले घट्दै २ हजार ५१ विन्दुमा रोकिएको थियो ।
आइतबार दोहोरो अंकले नेप्से सूचक घट्दा ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँ बराबरको ९१ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा बढी १२ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने आइतबार जानकी फाइनान्स कम्पनीको ११ करोड ९८ लाख ५७ हजार रुपैयाँ बराबरको र युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडको १० करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
आइतबार फाइनान्स समूह र म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । यी दुई समूहको उपसूचक भने आइतबार क्रमशः ०.३४ प्रतिशत र ०.०३ प्रतिशतले मात्र बढेका छन् ।
कूल २४६ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा आइतबार जम्मा ४९ कम्पनीको मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आइतबार बढी कमाउनेमा मुक्तिनाथ कृषि कम्पनीले ७.०६ प्रतिशतले कमाएको छ भने यता मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ९.३० प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असार २०८१, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार
४.५ अंकले घट्यो सेयर बजार
बढ्यो नेप्से, १० अर्ब ८७ करोडको कारोबार
२.०७ अंकले बढ्यो सेयर बजार
घट्यो सेयर बजार