काठमाडौँ । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । सभाको आजको बैठकमा ३१ जना सांसदले राखेको उक्त प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।
यसअघि सभामुख देवराज घिमिरेले खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि सांसद प्रेम सुवाल, डा अमरेशकुमार सिंह, बद्रीप्रसाद पाण्डेय, रमा कोइराला, सञ्जयकुमार गौतम, अजयकुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य, जीवन परियार, दीलेन्द्रप्रसाद बडू, बीना लामा, रुपा विक, ज्ञानबहादुर शाही र शान्ति विकले खर्च कटौतीको प्रस्ताव राखेका थिए ।
बैठकले सांसद रोशन कार्की, नागिना यादव, तेजुलाल चौधरी, मैना कार्की, राजेन्द्र बजगाईँ, डा धवलशमशेर जबरा, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङ्देन, श्यामकुमार घिमिरे, बुद्धिमान तामाङ, हृदयराम थानी, उदयशमशेर राणा, प्रदीप पौडेल, चन्दा चौधरी, ध्रुवबहादुर प्रधान र पुष्पबहादुर शाहले राखेको खर्च कटौतीको प्रस्तावसमेत अस्वीकृत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असार २०८१, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
प्रतिनिधिसभामा विपक्षीको विरोध
प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध