काठमाडौं। भक्तपुरमा असार ४ गते भएको दुई करोड रुपैयाँ बराबरको लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका मुख्य अभियुक्त सुजन रसाइलीसहित ४ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार दिउँसो साढे १ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएको छ ।
घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरले संयुक्त अनुसन्धान गरेका थिए।
लुटेराहरूले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी हौं भन्दै मनकुमारी राउतको घरबाट पैसा लुटेका थिए । लुटिएको केही पैसा बरामद भएको प्रहरीले जनाएको छ ।
राउतको घरमा पैसा रहेको आफन्तबाट सूचना पाएपछि उनीहरू लुटपाट गर्ने उद्देश्यले गएको पनि प्रहरीले जनाएको छ ।सो पैसा हुन्डी बापतको हुनसक्ने प्रहरीको आशंका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असार २०८१, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ