काठमाडौं। भक्तपुरमा असार ४ गते भएको दुई करोड रुपैयाँ बराबरको लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका मुख्य अभियुक्त सुजन रसाइलीसहित ४ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार दिउँसो साढे १ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएको छ ।
घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरले संयुक्त अनुसन्धान गरेका थिए।
लुटेराहरूले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी हौं भन्दै मनकुमारी राउतको घरबाट पैसा लुटेका थिए । लुटिएको केही पैसा बरामद भएको प्रहरीले जनाएको छ ।
राउतको घरमा पैसा रहेको आफन्तबाट सूचना पाएपछि उनीहरू लुटपाट गर्ने उद्देश्यले गएको पनि प्रहरीले जनाएको छ ।सो पैसा हुन्डी बापतको हुनसक्ने प्रहरीको आशंका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असार २०८१, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ