काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा अडिएको छ।सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३६४.४२ विन्दुमा अडिएको छ।
यसदिन ३१७ स्क्रिप्सको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँमा खरिदबिक्री भए। सामान्य अंकले घटेको सेयर बजारमा पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
रिलाइन्स फाइनान्स,गणपति लघुवित्त वित्तीय संस्था,साधना लघुवित्त वित्तीय,मैलुङ्ग खोला जल विदयुत र नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असार २०८१, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, घट्यो कारोबार
५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार
नेप्से परिसूचक २६ अंकले घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक