धनगढी । कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका-३ ढुंगे बजारमा शनिबार राति ११ बजेर ५० मिनेटमा भे १ त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको हो ।
दुर्घटनामा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका-२ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली र सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका थिए । राति नै उनीहरूको उद्धार गरेर उपचारका लागि लालरत्न अस्पताल लम्की पुर्याइएको थियो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक शेरबहादुरको उपचार सम्भव नभएपछि राति साढे १ बजे टीकापुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असार २०८१, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते