काठमाडौं । नेकपा एमालेले दूधको बक्यौता भुक्तानी माग गर्दै विरोधमा उत्रिएका किसान पक्राउ परेको विषयमा आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले दूधको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘दूध बेचेको रकम भुक्तानीको लागि आन्दोलन गर्ने परिस्थितिमा पुगेका छन्। किसानहरूले २ अर्ब दूधको मूल्य प्राप्त गर्नुपर्नेछ। नीजि डेरीबाट तीन अर्ब लिनुपर्नेछ। ६ लाख किसानहरूको दूधको रकम राज्य वा नीजि डेरीबाट पाउनुपर्नेछ।’
उनले प्रधानमन्त्री, कृषि मन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराए। किसानहरूको न्यायोचित मागहरू पूरा गराउनको लागि सरकारले वार्ताको माध्यमबाट भुक्तानीको सुनिश्चितताको माग गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग