काठमाडौं। कालिकोटको महावै गाउँपालिका–५ तिला नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ ।औवलगेला बस्ने कवि पोख्रेल गत आइतबार नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता पोख्रेलको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र आश्रित गुल्म कालिकोटबाट गोताखोरको टोली खटिएको थियो ।मंगलबार अपरान्ह साढे तीन बजे शव नदी भित्रबाट निकालेको हो ।
त्यस्तै सिरहाको लहान नगरपालिका–१७ स्थित बलान खोलामा मंगलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालकको खोजीका लागि सशस्त्रको सुरक्षा बेस लहानको टोली खटिएको सशस्त्र प्रहरी बल मुख्यालयका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा एक महिलाको शव फेला
बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
कैलालीमा युवकको शव फेला