काठमाडौँ । नेप्से सूचक मंगलबार १८.७६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक ०.८९ प्रतिशतले घट्दै २ हजार ७६.४९ विन्दुमा झरेको हो ।
मंगलबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७२ अंकले घट्दै ३६७.२० अंकमा झरेको छ । तथापि, मंगलबार ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको ९५ लाख ४४ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
१३ वटै उपसूचक ऋणात्मक हुँदै मंगलबार सेयर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक १.१६ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.०४ प्रतिशतले घटेको छ । अन्य समूहहरुको उपसूचक १ प्रतिशत कमले घटेका छन् ।
यसदिन जम्मा ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटा कम्पनीको मूल्य घटेको छ । ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य मंगलबार १० प्रतिशतले बढेको छ भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले नै घट्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट
२२ अंकमा खुम्चियो सेयर बजार
प्रि-ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढ्यो