विराटनगर। मोरङको रतुवामाई नगरपालिका- ४ झुर्कियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै मंगलबार बिहान परेको चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
घरमै बसिरहेका बेला बिहान ७:३० बजेतिर चट्याङ लागेर विपना गम्भीर घाइते भएकी थिइन् । बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।उनको शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङको धनपालथान गाउँपालिका-७ कदमाहस्थित एउटा घरमा चट्याङ परेर आगलागी भएको छ । स्थानीय रामा केवरतको घरमा बिहान ४:३० बजेतिर आगलागी भएको डीएसपी बस्नेतले बताए । आगोले १ तले घर पूर्णरूपमा जलेको छ । घरभित्र रहेका सामान पनि जलेर ध्वस्त भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु