काठमाडौँ । कोशी प्रदेश सरकारले स्थानीय तहलाई ४ अर्ब ५८ करोड रुपैयाँ वित्तीय अनुदान दिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत कोशी प्रदेश सरकारले अन्तर सरकारी वित्त हस्तारन्तरणतर्फ कूल ४ अर्ब ५८ करोड ५० लाख रुपैयाँ अनुदान हस्तान्तरण गरेको हो ।
शनिबार प्रदेश सभामा आर्थिक वर्षको बजेट पेस गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सो जानकारी दिएका हुन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानमा १ अर्ब रुपैयाँ, सशर्त अनुदानतर्फ २ अर्ब ९ करोड ५१ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ १ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ प्रदान गरेको हो ।
यता वित्त व्यवस्थापन तथा राजस्व बाँडफाँडतर्फ यो वर्ष ९५ करोड रुपैयाँ छुट्याएको समेत मन्त्री मगरले प्रदेश सभालाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असार २०८१, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि हुने
कोशी प्रदेशमा गणतन्त्र दिवस ३ दिनसम्म मनाइने
कोशीमा जुन क्षेत्रमा लगानी गरे पनि वातावरण अनुकूल छ : प्रधानमन्त्री ओली
कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, पौने २ खर्बका ७१ परियोजना सोकेसमा