लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक २०८१/०८२ को बजेट आज ल्याउँदै छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले दिउँसो प्रदेशसभामा बजेट प्रस्तुत गर्नेछन् ।
सरकारले चालू आर्थिक वर्षको भन्दा झण्डै १० अर्ब रूपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । मन्त्रालयका उपसचिव सुरेन्द्र पाण्डेले राजस्वसहित स्रोतको संकुचनका कारण सरकारले आगामी वर्षका लागि चालू आर्थिक वर्षको भन्दा झण्डै ३० प्रतिशत घटाएर बजेट ल्याउने संकेत दिए ।
सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । राजश्व संकलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट निर्माणमा समेत असर परेको हो ।
संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण करिब ३० अर्ब हाराहारीको बजेट आउने आकलन छ । यसपालिको बजेटले रोजगारी र आर्थिक विकासलाई प्रमुख रूपमा आउने बताइएको छ ।
८० प्रतिशत काम सकिए पनि सम्पन्न भएका आयोजनालाई बजेट उपलब्ध गराइने आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बताए । प्रदेश सरकार स्थापना भएदेखि हालसम्म एक हजार १५४ खानेपानीका आयोजनाअघि बढाएको छ ।
जुन आयोजना सम्पन्न गर्न २४ अर्ब ९२ करोड बजेट आवश्यक पर्ने लुम्बिनी प्रदेश शहरी विकास तथा खानेपानी मन्त्रालयले जनाएको छ । सरकारले अघि बढाएको अधुरा आयोजना सम्पन्न गर्ने लक्ष्यलाई बजेटमार्फत् कार्यान्वयन गर्न प्रदेश सभा सदस्यहरूको माग छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असार २०८१, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३८, खर्च ३५ प्रतिशत
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट