हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट ल्याउँदै छ।
`शनिबार (आज) अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ।
आगामी आर्थिक वर्षका लागि पनि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याइने अर्थमन्त्री थपलियाले जानकारी दिए। चालु आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको थियो।
जनताको आवश्यकता, राष्ट्रिय अन्ताराष्ट्रिय आर्थिक मन्दी र प्रदेशको क्षमतालाई ख्याल गरेर सन्तुलित बजेट ल्याउने अर्थमन्त्री थपलियाले बताए। प्रदेश सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असार २०८१, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनसुझावबाटै नीति-कार्यक्रम र बजेट तर्जुमा गर्ने सरकारको तयारी
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३८, खर्च ३५ प्रतिशत
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट