काठमाडौँ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले दसौँ महाधिवेशनबाट कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी आफ्नो पार्टीको भएको जिकिर गरेका छन् ।
महाधिवेशनअघि अन्तर पार्टी निर्देशन-१४ जारी गर्दै उनले आजभन्दा ३३ महिना पहिले दक्षिणपन्थी अवसरवाद र विसर्जनवाद तथा लोकतन्त्र विरोधी प्रवृत्तिकाविरुद्ध विद्रोह गरेको उल्लेख गरेका छन् ।
पार्टीका हरेक सदस्यले आ-आफ्नो कार्यक्षेत्रमा आजका अनेकन समस्या र चुनौतीहरूको सामना गर्दै सिङ्गो कम्युनिष्ट आन्दोलनलाई सही कार्यदिशाका आधारमा एकताबद्ध बनाउने र नेपालमा समाजवादको भविष्यलाई सुनिश्चित गर्न आफैँले कबुल गरेका प्रतिबद्धता भएको उनले उल्लेख गरेका छन् ।
विद्रोहको जगमा उभिएको पार्टीलाई महाधिवेशन भव्यताकासाथ सम्पन्न गर्ने दायित्व रहेको नेपालले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ जेठ २०८१, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह