काठमाडौँ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले दसौँ महाधिवेशनबाट कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी आफ्नो पार्टीको भएको जिकिर गरेका छन् ।
महाधिवेशनअघि अन्तर पार्टी निर्देशन-१४ जारी गर्दै उनले आजभन्दा ३३ महिना पहिले दक्षिणपन्थी अवसरवाद र विसर्जनवाद तथा लोकतन्त्र विरोधी प्रवृत्तिकाविरुद्ध विद्रोह गरेको उल्लेख गरेका छन् ।
पार्टीका हरेक सदस्यले आ-आफ्नो कार्यक्षेत्रमा आजका अनेकन समस्या र चुनौतीहरूको सामना गर्दै सिङ्गो कम्युनिष्ट आन्दोलनलाई सही कार्यदिशाका आधारमा एकताबद्ध बनाउने र नेपालमा समाजवादको भविष्यलाई सुनिश्चित गर्न आफैँले कबुल गरेका प्रतिबद्धता भएको उनले उल्लेख गरेका छन् ।
विद्रोहको जगमा उभिएको पार्टीलाई महाधिवेशन भव्यताकासाथ सम्पन्न गर्ने दायित्व रहेको नेपालले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ जेठ २०८१, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव