काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको जिकिर गरे ।
बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नुपर्छ भन्ने हो । त्यस कारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा त्यसमा सोच्दिनँ ।’
नेपालले यसअघि पनि आफू रहरले नभई परिस्थितिले प्रधानमन्त्री बनेको सुनाए । ‘प्रधानमन्त्री मैले मागेको होइन, परिस्थितिले मेरो माग गर्यो । गिरिजाप्रसाद कोइरालाजीले मलाई अफर गर्नुभयो, नेपाली काँग्रेसले अफर गर्यो अनिमात्रै बनेको हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह