एजेन्सी । जम्मू कश्मीरको रियासीमा चरमपन्थीले श्रद्धालु बोकेको बसमा आक्रमण गरेका छन्। यसमा ९ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
रियासीकी एसएसपी मोहिता शर्माले सञ्चारमाध्यमसँग भनिन्, ‘शिवखोरीबाट कटरातर्फ गइरहेको बसमा आतङ्ककारीहरूले आक्रमण गरी गोली चलाएको प्रारम्भिक रिपोर्ट आएको छ।’ आक्रमणका कारण चालकले सन्तुलन गुमाएर बस खाल्डोमा खसेको थियो। उद्धार कार्य पूरा भइसकेको छ।
‘अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ। ३३ जना घाइते भएका छन्,’ उनले भनिन्, ‘प्रारम्भिक जानकारीमा उत्तर प्रदेशका मानिसहरू बसमा यात्रा गरिरहेको खुलेको छ।’
भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले याे घटनालाई कायरतापूर्ण घटना भन्दै कडा शब्दमा निन्दा गरेका छन्। उनले यस घटनाले जम्मू कश्मीरकाे वास्तविक तस्बिर विश्वसामु स्पष्ट पारेकाे पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २८ जेठ २०८१, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’