एजेन्सी । टी–२० विश्वकप अन्तर्गत आइतबार राति भारत र पाकिस्तान आमने सामने हुँदै छन् ।
समुह ‘ए’ अन्तर्गत भारत र पाकिस्तानबीच न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ ।
यी दुई टोलीको खेललाई विश्वकपकै सबैभन्दा ठुलो खेलका रुपमा हेरिएको छ ।
जारी विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा आयरल्याण्डविरुद्ध जित निकालेको छ भने, पाकिस्तानले आफ्नो पहिलो खेल गुमायो । पाकिस्तानले अमेरिकासँग हार बेहोरेको छ ।
टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्। जसमा भारतले ५ पटक जित निकाल्दा पाकिस्तानले एक पटक जितेको छ। एक खेल भने अनिर्णित बनेको थियो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ जेठ २०८१, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी–२० विश्वकपमा १२ म्याचपछि भारतको हार
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
टी–२० विश्वकप : स्कटल्यान्डविरुद्ध ७ विकेटले जित्यो नेपाल
टी–२० विश्वकप: नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो
टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित