एजेन्सी । जापानको इशिकावा प्रिफेक्चरमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार जमिनबाट १० किलोमिटर भित्र केन्द्रबिन्दु बनाई ५.९ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पबाट तत्काल क्षतिको विवरण नआएको स्थानीय अधिकारीले बताएका छन्। यस्तै सुनामीको चेतावनी पनि जारी गरिएको छैन।
यसअघि अप्रिल १ मा पनि जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने जनवरीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
जसमा ५० भन्दा बढीको मृत्यु भएको थियो। धेरै भवन क्षतिग्रस्त भए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ जेठ २०८१, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प