काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसुद असिम शाहले संसदमा हुने अवरोधले संसदमा जनताको आवाज मुखरित हुन नपाएको बताएका छन् । आइतबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले संसद अवरोधको विकल्प सदाका लागि खोजिनुपर्ने बताए ।
‘संसद अवरोधको विकल्प खोजौं नत्र, जनता नै विकल्पको खोजीमा जानेछन्’ सांसद शाहले बताए । विगतमा संसदमा अवरोध हुँदा बोल्न नपाएको र सरकारलाई राय, सुझाव र खबरदारी गर्ने ठाउँमा आफूहरु चुक्न पुगेको उनको भनाइ छ ।
आफू र आफनो पार्टी संसदमा हुने अवरोधलाई ‘नो नट अगेन’ भन्ने पक्षमा रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा