काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सडक डिभिजन कार्यालयको सहमतिबेगर न्युरोड सडकको सिमाना घटाएर फुटपाथ बिस्तार गर्न लागेपछि सडक विभागले आजबाट थप एक्सन लिने भएको छ।
क्षेत्रअधिकार बाहिर गएर सडक खन्न थालेपछि आक्रोशित डिभिजन सडक कार्यालय काठमाडौंले तीन दिनअघि यही १६ गते जवाफ दिन पत्राचार गरेको थियो।
आज चार दिन पुगेको छ। कामपाले आज आइतबार सडक भत्काएको विषयमा जवाफ दिनुपर्नेछ। जवाफ नदिएमा डिभिजन सडक कार्यालयले थप कारबाही गर्ने प्रक्रिया अघि बढाउने छ।
डिभिजन कार्यालय प्रमुख नारायणदत्त भण्डारीले कार्यालयले काटेको पत्रको आज जवाफ आउनुपर्ने बताए । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २० जेठ २०८१, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगर १४ मा सडक कटानले केही घर जोखिममा
जेनजी आन्दोलनका शहीद परिवारलाई महानगरको आर्थिक सहयोग
काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन गर्दै
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
काठमाडौं महानगरका कर्मचारीले पाए तलब, १ अर्ब १३ करोड निकासा
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र