तनहुँ । अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
म्याग्दे गाउँपालिका-४ का वडा अध्यक्षको सामाजिक संजाल फेसबुक ह्याक गरी लमजुङ मध्यनेपाल नगरपालिका-३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जर मार्फत केही रकमको आवश्यकता परेको भन्दै पटक पटक गरी जम्मा १ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा सर्लाही बागमती नगरपालिका-१ बाट पक्राउ गरेको हो ।
उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ