काठमाडौँ । प्रहरीले सर्लाहीबाट दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कबिलासी गाउँपालिका–८ घर भएका निदेश मण्डल धानुक र रामनगर गाउँपालिका–२ घर भएका रामबाबु राय यादव छन् ।
बलात्कार मुद्दामा धानुकलाई अदालतले १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । ज्यान मार्ने उद्योग मुद्दामा रामबाबु रायलाई १५ हजार जरिवाना बुझाउनुपर्ने फैसला भएको थियो ।फैसलापछि दुवैजना फरार थिए । उनीहरूलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ