काठमाडौँ । प्रहरीले सर्लाहीबाट दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कबिलासी गाउँपालिका–८ घर भएका निदेश मण्डल धानुक र रामनगर गाउँपालिका–२ घर भएका रामबाबु राय यादव छन् ।
बलात्कार मुद्दामा धानुकलाई अदालतले १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । ज्यान मार्ने उद्योग मुद्दामा रामबाबु रायलाई १५ हजार जरिवाना बुझाउनुपर्ने फैसला भएको थियो ।फैसलापछि दुवैजना फरार थिए । उनीहरूलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ