मोरङ। कोशी प्रदेश सरकार मूल समारोह समितिद्वारा १७औँ गणतन्त्र दिवसका उपलक्ष्यमा आज यहाँ प्रभातफेरी, कोणसभा र सरसफाइ गरिएको छ ।विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निकालिएको प्रभातफेरी रोडशेष चोक, पाञ्चाली चोक, बसपार्क एवं महेन्द्र चोक पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारी, विभिन्न मन्त्रालयका सचिव, प्रदेश कार्यालयका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाजलगायतको सहभागिता थियो ।
सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री अधिकारीले नेपाली जनताले ठूलो त्याग एवं बलिदानपछि ल्याएको सङ्घीय गणतन्त्रको संरक्षण र संवर्द्धन गर्नुपर्ने जिम्मेवारी सबैको काँधमा आएको बताए । उनले गणतन्त्र ल्याउन आफ्नो जीवन आहुती दिने ज्ञात–अज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि हुने
कोशी प्रदेशमा गणतन्त्र दिवस ३ दिनसम्म मनाइने
कोशीमा जुन क्षेत्रमा लगानी गरे पनि वातावरण अनुकूल छ : प्रधानमन्त्री ओली
कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, पौने २ खर्बका ७१ परियोजना सोकेसमा