काठमाडौँ । भोजपुर र पर्सामा हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागी बस्ने ६३ वर्षीय राजकुमार राईलाई भरुवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय मणिप्रसाद राई पक्राउ परेका छन् ।
बाख्राले बाली खाएको विषयमा विवाद हुँदा मणिप्रसादले बन्दुक प्रहार गर्दा राजकुमारको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो ।
त्यस्तै पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ प्रसौनी टोल बस्ने २२ वर्षीय सुवास हजरा दुसादलाई पनि प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ५० वर्षीय ललाई हजरा दुसादलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
भैँसी चराउने क्रममा वादविवाद हुँदा सुवासले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका ललाई हजराको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ जेठ २०८१, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ
स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ
प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
१०७४ किलो गाँजासहित चार जना पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ