काठमाडौँ । हत्या आरोपमा प्रहरीले सल्यानबाट एक जनालाई पक्राउ गरेको छ । शारदा नगरपालिका–६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको हत्या आरोपमा भतिज डन राज विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
३१ वर्षीय डनराजले कुटपिट गरेर काकाको हत्या गरेका हुन् । जेठ ४ मा कुटपिटबाट गम्भीर घाइते भएका घनश्यामको कोहलपुर मेडिकल कलेजबाट उपचार पश्चात् घर फर्किदा बाटोमा नै मृत्यु भएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय सल्यानले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ