काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । बिहीबार विराटनगरमा महाधिवेशन प्रतिनिधि छनौट कार्यक्रमलाई सम्बोधन गर्दै यादवले मुलुकको अहिलेको संसदीय प्रणाली पटक पटक असफल भइसकेको भन्दै मुलुकमा राजनीतिक स्थिरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक प्रणालीबाट छनौट हुने संसद् आवश्यक भएको उनको भनाइ छ । उनले मुलुक स्वेच्छाचारी तानाशाहको चङ्गुलमा फस्ने सम्भावना देखिएकोले जनतालाई सचेत र सजग हुन आग्रह समेत गरे ।
अध्यक्ष यादवले लोकतन्त्रलाई धरापमा पार्न प्रेस स्वतन्त्रता हनन् गर्ने कार्य सुरु भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले नै हाकाहाकी पार्टी फुटाएको भनेकाले लोकतन्त्रको भविष्य आफूले नदेखेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० जेठ २०८१, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
भूमि विधेयक ल्याएर सरकारले सङ्घीयतामाथि प्रहार गर्यो : अध्यक्ष यादव