काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको समकक्षता र मान्यताका लागि अध्ययन गर्न सुझाव माग गरेको छ । उच्च शिक्षाको समकक्षता र मान्यताका विषयमा अध्ययन गर्न गठित सुझाव समितिले सुझाव माग गरेको हो ।
उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता कार्यविधि २०७८ मा आवश्यक संशोधन गर्नका त्रिविले समिति गठन गरेको थियो । उच्च शिक्षा उपाधिको मान्यता र समकक्षतालाई सरलीकरण गरी सहज बनाई छिटोछरितो कार्य सम्पादन गर्न एवं कार्यविधि २०७८ लाई समयानुकूल संशोधन गर्न समितिले कार्य गर्दै आएको छ ।
उक्त कार्यविधि अनुसार समकक्षता तथा मान्यता दिँदा विभिन्न खालका समस्या देखिँदै आएका छन् । ती समस्या समाधान र सुधारको लागि खुल्ला रूपमा राय सुझाव लिन समितिले सुझाव माग गरेको हो ।
त्रिविको उक्त कार्यको शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशंसा गरेकी छन् । यो विषयमा त्रिविका पदाधिकारीहरूसँग विभिन्न चरणमा छलफल गरेको उनको भनाइ छ । समकक्षता प्रमाणपत्रबारे विभिन्न खालका गुनासो आउने गरेको भन्दै ती गुनासोहरूको सम्बोधन गर्न मन्त्रीले त्रिविलाई आग्रह गरेकी थिइन् ।
त्रिवि सुधारको यो पहलले आफूलाई उत्साही बनाएको भन्दै मन्त्री श्रेष्ठले सामूहिक प्रयत्नबाटै परिवर्तन सम्भव छ भन्नेमा विश्वस्त रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० जेठ २०८१, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी